काठमाण्डौ । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त भएको छ। 

तेह्रथुम पावरको सञ्चालक समितिको निर्णयबमोजिम नबिल इन्भेस्टमेन्ट बैंकिङलाई हकप्रद सेयर बिक्री प्रबन्धमा नियुक्त गरिएको हो। यससम्बन्धी सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक मोहनकुमार डाँगी र नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीबीच हस्ताक्षर सम्पन्न भएको छ। 

तेहूथुम पावरले आफ्ना सेयरधनीहरुलाई १ः१ को अनुपातमा निकट भविष्यमा हकप्रद सेयर जारी गर्ने तयारी गरिरहेको छ। 

आज भएको सम्झौतामा नबिल इन्भेस्टमेन्टले तेह्रथुम पावरको सर्वसाधारणमा हकप्रद सेयर निष्कासनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ। पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट हकप्रद सेयर निष्कासनका लागि अनुमति माग गरिने विज्ञप्तिमा उल्लेख छ।

तेह्रथुम पावर कम्पनी ऐन २०६३ अन्तर्गत विसं. २०६६ स्थापना भई विसं. २०७५ असारमा प्राइभेट कम्पनीबाट पब्लिक लिमिटेड कम्पनी भएको हो। ७.५ मेगावाट विद्युत उत्पादन क्षमताको यो कम्पनीको विद्युत खरिदसम्बन्धी सम्झौता २०७३ साल कार्तिक महिनामा नेपाल विद्युत प्राधिकरणसँग भएको थियो।