काठमाण्डौ । दशैंको नाममा सबै पैसा नसक्नुस है । किनभने दशैंलगत्तै बहुप्रतिक्षित अपर तामाकोशी जलविद्युत आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर निश्कासन गर्ने भएको छ ।
यो कम्पनीको आइपीओमा ५ हजार रुपैयाँ साथमा हुनेले समेत आवेदन दिन सक्नेछ । यसको अर्थ दशैंमा हुन व्यक्तिगत फजूल खर्च बचाएर समेत यो कम्पनीको आइपीओमा लगानी गर्न सकिन्छ ।
दशैंको दक्षिणा राम्रै संकलन हुनेहरुले समेत यो कम्पनीको सेयरमा लगानी गरिराखे भविष्यमा त्यसले ठूलो काम गर्न सक्नेछ ।
आइपीओमा छिटोमा कात्तिक १९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
कम्पनीले १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर सर्र्वसाधारणका लागि निश्कासन गर्ने भएको हो ।
कम्पनीले आफ्नो चुक्तापूँजीको १५ प्रतिशतको हिसाबले सर्वसाधारणका लागि सेयर निश्कासन गर्न लागेको हो ।
सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानीकोष र सनराइज क्यापिटल लिमीटेड रहेका छन् ।
यसअघि कम्पनीले सञ्चयकोषका कर्मचारी, कर्जा प्रदान गर्ने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीका लागि २ अर्ब ५३ करोड रुपैयाँ बराबरको २ करोड ५३ लाख साधारण सेयर निश्कासन गरेको थियो ।
त्यो भन्दा अझ अघि जलविद्युत कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको आयोजना प्रभावित दोलखा जिल्लाबासीका लागि सेयर निश्कासन गरेको थियो ।
सर्वसाधारणले यो आयोजनाको आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
यो कम्पनीको सेयरमध्ये ५१ प्रतिशत हिस्सा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानीकोष र राष्टिय बिमा संस्थानको नाममा रहेको छ । यीमध्ये सबैभन्दा बढी विद्युत प्राधिकरणको ४१ प्रतिशत सेयर स्वामित्व रहेको छ।
यस्तै, सर्वसाधारण र दोलखाबासीको कम्पनीमा क्रमशः १५ र १० प्रतिशत सेयर हिस्सा कायम हुनेछ भने बाँकी रहेको २४ प्रतिशत हिस्सा कर्मचारी सञ्ययकोषका सञ्चयकर्ता, विद्युत प्राधिकरणका कर्मचारी, कम्पनीका कर्मचारी र कर्जा प्रदान गर्ने निकायका कर्मचारीको नाममा रहनेछ ।
इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको आधारभूत अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।
यो कम्पनीले ४५६ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ । यो कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रहेको छ । यो देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago