काठमाण्डौ । ग्राहकको सुविधालाई ध्यानमा राखी मुक्तिनाथ विकास बैंकले दसैँको फूलपाती, अष्टमी र नवमीमा काठमाडौ उपत्यका र उपत्यकाबाहिर १० वटा शाखा सञ्चालन गर्ने भएको छ।
मुक्तिनाथले असोज २६ गतेदेखि असोज २८ गतेसम्म बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म यी शाखा सञ्चालन गर्ने भएको हो। असोज २९ गते दसैँको टीकाका दिन भने सबै शाखाहरु बन्द रहनेछन्।
बैंकले इटहरी, भानुचोक जनकपुर, धादिङबेसी, कमलादी काठमाण्डौ, नागयणगढ, पृथ्वीचोक पोखरा, दमौली तनहुँ, पुतलीबजार स्याङ्जा, बुटवल र नेपालगन्ज शाखा यी दिन खुला राख्ने निर्णय गरेको हो। यी शाखा खुला राखी नगद कारोबार सेवा प्रदान गरिने बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19