काठमाण्डौ । दसैँ पर्व सकिएसँगै विभिन्न क्षेत्रसँग सम्बन्धित पाँच वटा कम्पनीहरुले आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् ।

नेपाल धितोपत्र बोर्ड(सेबोन) बाट अनुमति पाएर आईपीओ निष्कासन गर्न बाँकी रहेका पाँच वटा कम्पनीमा भिजन लुम्बिनी ऊर्जा कम्पनी, नेपाल वेयर हाउस कम्पनी र मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रिइन्स्योरेन्स र सर्वोत्तम सिमेन्टले दसैँपछि क्रमिक रुपमा आईपीओ निष्कासन गर्ने छन् ।

दसैंमा जम्मा भएको रकम फजुल खर्च नगरी आईपीओमा लगानी गरे भोलिका दिनमा राम्रो प्रतिफल पाउन सकिन्छ ।तसर्थ दसैँपछि निष्कासनमा आउने कम्पनीहरुको बारेमा यहाँ विस्तृतमा चर्चा गरिएको छ ।

भिजन लुम्बिनी ऊर्जा कम्पनी :
अब कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

नेपाल वेयर हाउजिङ कम्पनी :
अब कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ३८ करोड २५ लाख रुपैयाँबराबरको ३८ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड :
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले कात्तिक १० गतेदेखि सेयर जारी गर्नेछ।सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ। 
हिमालयन रिइन्स्योरेन्स :
कम्पनीले यही कात्तिक २१ गतेदेखि आईपीओ जारी गर्नेछ। कम्पनीले ३ करोड कित्ता सेयर बिक्रीमा ल्याउनेछ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

सर्वोत्तम सिमेन्ट :

कम्पनीले बुक बिल्डिङ विधिबाट २४ लाख कित्ता आईपीओ निष्कासनका लागि २०७९ साल असार २८ गते बोर्डमा निवेदन दिएको थियो । सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको कम्पनीले पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि ४० प्रतिशत आईपीओ बिक्री गर्न अनुमति पाएको हो ।त्यसपछि कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयवासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्ने छ । 
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।