काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले दसैँ बिदाका दिनहरुमा विभिन्न स्थानमा रहेका शाखाहरु खुला गर्ने भएको छ। 

ग्राहकको सुविधाका लागि बैंकले दसैँको टीकाका दिन (कात्तिक ७ गते)बाहेक अन्य दिनमा शाखा कार्यालयहरु खुला गर्ने भएको हो। 

बैंकले कात्तिक ४ गते (शनिबार÷फूलपाती), कात्तिक ५ गते (महाअष्टमी), कात्तिक ६ गते (महानवमी) र कात्तिक ८ गते (एकादशी) र कात्तिक ८ गते (द्वादशी)का दिन विभिन्न शाखाहरु खुला गर्ने भएको छ। यी दिनमा दसैँ बिदा परेको छ। 

दसैँ बिदाका दिन तोकिएका शाखा कार्यालयहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने बैंकले जनाएको छ। 

सांग्रिला डेभलपमेन्ट बैंकका दसैँ होलिडे काउन्टरहरुको विवरण