काठमाण्डौ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले २९ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ५१ लाख ४१ हजार रुपैयाँ घाटा व्यहोरेको थियो। 

कम्पनीले विद्युत बिक्रीबापत २ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबापत २ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको थियो।

चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ २० करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत वर्ष पनि रिजर्भ १८ करोड १ लाख रुपैयाँले ऋणात्मक थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएसए) बढेर १.११ रुपैयाँ पुगेको छ। पीई रेसियो २७१.८० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २३.३२ रुपैयाँ रहेको छ।