काठमाण्डौ । आज दुई हाइड्रो कम्पनीको वार्षिक साधारण सभा आयोजना हुँदैछ । 

आज(पुस २३ गते) माउन्टेन हाइड्रो नेपाल र मकर जितुमाया सुरी हाइड्रोपावरले वार्षिक साधारण सभा गर्दैैछन् । 

माउन्टेन हाइड्रो नेपालको सभा काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्यांकेटमा आयोजना हुँदैछ ।  उक्त सभामा शतप्रतिशत हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित गरिनेछ ।  त्यस्तै आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

त्यस्तै मकर जितुमाया सुरी हाइड्रोपावरको वार्षिक साधारण सभा काठमाण्डौ धुम्बाराहीमा रहेको सुर्य इभेन्टमा आयोजना हुँदैछ । उक्त सभामा आ वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  सभाले सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालक चयन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ  ।