काठमाण्डो । हालै दोस्रो बजारमा कारोबारमा आएको दोल्ती पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले ५ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५० लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। 

तेस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ८ करोड ३७ लाख रुपैयाँ रहेको थियो। यो हिसाबले विद्युत बिक्रीको आम्दानीमा २१.७१ प्रतिशतको गिरावट आएको छ। 

चुक्तापुँजी ४० करोड २ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ ९ करोड ७८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि रिजर्भ ४ करोड ९४ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको त्रैमासिक प्रतिसेयर आम्दानी (ईपीएस) १२.५१ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७५.५६ रुपैयाँ रहेको छ।