काठमाण्डौ । सेयरको गैरकानुनी कारोबारमा संलग्नताको आरोपमा बर्खास्तीमा परेका नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई नेपाल राष्ट्र बैंकले सम्मान गरेको छ।

राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सवका अवसरमा बालुवाटारमा आयोजित एक समारोहमा गभर्नर महाप्रसाद अधिकारीले पूर्वकार्यकारी निर्देशिकका रुपमा ढुंगानालाई सम्मान गरेका हुन्। ढुंगानासँगै राष्ट्र बैंकका १० पूर्वकार्यकारी निर्देशकहरुले समेत सम्मान पाएका छन्।

पूर्वगभर्नर तिलक रावललाई विशेष सम्मान गरिएको छ। 

वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा उपस्थित छैनन्। राष्ट्र बैंक स्रोतका अनुसार आजको कार्यक्रममा अर्थमन्त्रीलाई बोलाइएको थिएन। अर्थ मन्त्रालयका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनीको सहभागिता कार्यक्रममा रहेको छ। 

कार्यक्रममा पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर डा युवराज खतिवडा, तिलक रावल, राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालयन शमशेर जबरालगायतका व्यक्तित्वहरुको सहभागिता रहेको छ।