काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको आज आइतबारबाट धितोपत्र दोस्रो बजारमा नियमित सेयर कारोबार खुलेको छ।
आज प्रिओपनिङ सेसन (बिहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्म) यो कम्पनीको सेयर प्रतिकत्तिा ३०० रुपैयाँमा ३ हजार २६० कित्ता सेयर कारोबार भएको हो। योसँगै लिवर्टी इनर्जीको आजबाट नियमित कारोबार (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) सुरु भएको हो।
आज स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा लिबर्टीको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जमा भएको खण्डमा नियमित समय (११ देखि ३ बजे) मा कारोबार हुन्छ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र लिबर्टी इनर्जी कम्पनीबीच गत शुक्रबार सूचीकरण सम्झौता सम्पन्न भई दोस्रो बजारमा आज आइतबारबाट कारोबार भएको हो। नेप्सेले लिबर्टीलाई एलईसी कोड प्रदान गरेको छ भने पहिलो कारोबारका निम्ति रु। १०० देखि रु। ३०० सम्म मूल्य रेन्ज प्रदान गरेको थियो।
कम्पनीले गत भदौ ३ गतेदेखि भदौ १७ गतेसम्म सर्वसाधारणका लागि र साउन ७ गतेदेखि साउन २१ गतेसम्म आयोजना प्रभावितका लागि आईपीओ निष्कासन गरेको थियो।
कारोबार खुलेको ४ मिनेटभित्रै यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ । यससँगै यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३३० रुपैयाँ पुगेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago