काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्थालाई स्पष्टीकरण सोधेको छ ।

साथै नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले हिजोमात्रै लाभांश घोषणा गरेको उक्त कम्पनीलाई स्पष्टीकरण सोध्दै सेयर कारोबार रोक्का गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गर्ने निर्णय गत कात्तिक २२ गते गरेकोमा उक्त निर्णय नेप्सेलाई गत कात्तिक २३ गते बेलुका ६ : ४५ बजे प्राप्त भएको थियो ।साथै, नेप्सेले कम्पनीलाई के कति कारणले कारोबार भइरहेको समयमा पत्र पठाएको भन्दै ३ दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी १३ करोड ३१ लाख रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ करोड ९९ लाख ६५ हजार रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

प्रस्तावित लाभांशमा १४.२५ प्रतिशतले हुन आउने १ करोड ८९ लाख ६६ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने ९ लाख ९८ हजार २५० रुपैयाँ नगद लाभांश  रहेको  छ।