काठमाण्डौ ।नबिल बैंकको सहायक कम्पनी  नबिल स्टक डिलर लिमिटेडले आजदेखि औपचारिक रुपमा सेवा सुरुवात गरेको छ ।

सो सेवाको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गरेका छन् ।

सो अवसरमा अध्यक्ष हमालले बैंकहरुको सहायक कम्पनीहरूलाई धितोपत्र व्यवसायीको अनुमति दिने कार्य ऐतिहासिक भएको र यसले समग्र पूँजीबजार विकासमा नयाँ आयाम थपेको बताए ।
साथ उनले धितोपत्र व्यापारीको रूपमा नबिल स्टक डिलरले पूँजीबजारको गुणात्मक विकासमा सहयोग पुर्‍याउने अपेक्षा राखेको बताए।

 कम्पनीले यसअघि अर्थात् भदौ २० गतेबाट नै कारोबार सुरु गरेता पनि आजबाट औपचारिक रुपमा सेवा उद्घाटन गरेको हो ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश देबकोटाले मार्जिन कारोबार अझ सरल बनाउने बताउँदै चाँडै नै सेयर मार्जिन सेवा पनि सुरु गर्ने जानकारी दिए ।

सो अवसरमा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पुर्णप्रसाद आचार्य, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना,नेपाल धितोपत्र बोर्डका पूर्व उपकार्यकारी निर्देशक निरज गिरी लगायतको सहभागिता थियो ।

कम्पनीले ब्रोकरेज सेवा, मार्जिन लेन्डि, पोर्टफोलियो म्यानेजमेन्ट, सेक्युरिटीज अण्डरराइटिङ, इन्भेस्टमेन्ट तथा कर्पोरेट एडभाइजरी सेवा, डिपोजिटरी सहभागी (डीपी) लगायतका सेवा प्रदान गर्ने छ ।

उक्त कम्पनी नबिल बैंकको पूर्ण स्वामित्वमा रहेको  छ। कम्पनीले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बाट ब्रोकर नं ७७ सदस्यता पाएको छ  भने धितोपत्र बोर्डबाट स्टक डिलरसहित  ब्रोकर लाइसेन्स पाएको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ५२ करोड रुपैयाँ छ ।