काठमाण्डौ ।नबिल बैंकले आगामी पुस १३ गते ३९औं वार्षिक साधारणसभा बोलाएको छ । 

कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा गर्ने निर्णय गरेको हो ।

सभा बिहान ११ बजेदेखि सुरु हुने छ।

गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको हो।कम्पनीले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।