काठमाण्डौ ।नबिल बैंकले वार्षिक साधारण सभा गर्न पूर्वनिर्धारित मितिलाई परिमार्जन गरेको छ ।

कम्पनीले नेप्सेमा पेश गरेको सूचना अनुसार यसअघि आगामी पुस १३ गते साधारणसभा बोलाएकोमा मिति परिमार्जन गर्दै आगामी पुस १२ गते साधारण सभा बोलाएको छ।

सभा आर्मी आफिसर्स क्लब, भद्रकाली, काठमाण्डौमा बिहान १० बजेदेखि सुरु हुने छ । सभाले हाल कायम चुक्तापूँजीको ११ प्रतिशतले हुन आउने २ अर्ब ९७ करोड ६२ लाख ६९ हजार ६४० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले बैंकको नियमावलीका नियमहरु संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी मंसिर २९ गते एक दिन बुकक्लोज गर्ने भएको छ। जसअनुसार मंसिर २८ गतेसम्म  कायम भएका सेयरधनीहरुले साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउने छन् ।