काठमाण्डौ । नबिल बैंकले विभिन्न २५ जिल्लामा रहेका गैह्र बैंकिङ सम्पत्ति लिलाम गर्ने प्रक्रिया सुरु गरेको छ ।

कम्पनीले काठमाण्डौ, ललितपुर, झापा,नुवकोट, धनुषा, बारा, सप्तरी, सिराहा लगायत विभिन्न २५ स्थानमा रहेको घर जग्गा बिक्री गर्न लागेको हो ।

कम्पनीले आफ्नो स्वामित्वमा रहेका गैह्र बैंकिङ सम्पत्ति जे जस्तो अवस्थामा छ सोहि अवस्थामा बोलपत्रमार्फत् बिक्री गर्न लागेको हो ।

उक्त सम्पत्ति खरिद गर्न चाहने इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संघ संस्थालाई बैंकले तोकेको शर्तको अधिनमा रही आफुले के कति मूल्य तिरी लिन चाहेको हो त्यो खुलाएर १५ दिन भित्र कर्जा असुली विभाग बिजुली बजार, काठमाण्डौमा शीलबन्दी बोलपत्र पेश गर्न पनि कम्पनीले सूचनामा भनेको छ ।

विभिन्न २५ जिल्लामा कम्पनीको नाममा घर तथा जग्गा रहेको सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना :