काठमाण्डौ । नयाँ नेपाल लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र २५० प्रतिशतको दरले हकप्रद सेयर वितरणको निर्णय गरेको छ । 

मंसिर ८ गते सम्पन्न यो कम्पनीको २२१ औं संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

सोही बैठकले सेयरधनीलाई १ बराबर २.५ को अनुपात(२५० प्रतिशत)मा हकप्रद सेयर बिक्रीको निर्णय समेत गरेको छ । बोनस सेयर जारीपछि कायम हुने चुक्तापूँजीको २५० प्रतिशतको दरले हकप्रद निश्कासनको निर्णय गरेको हो । 

यी दुवै निर्णय नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

नयाँ नेपाल लघुवित्त विकास बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २ लाख ६९ हजार खूद नाफा कमाएको थियो । बोनस र हकप्रद सेयरको व्यवस्थापनपछि हालको चुक्तापूँजी २ करोडबाट बढेर ८ करोड ४ लाखको उचाईमा पुुग्नेछ । यो कम्पनीको अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता २ हजार ७ सय ५१ रुपैयाँ रहेको छ ।