काठमाण्डौ । प्रतिनिधिसभाको अर्थ समितिले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको अनुमति दिने गरी नियमावली संशोधनका विषयमा आवश्यक विवरण माग गरेको छ।
समितिले अर्थ मन्त्रालयसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र पठाउँदै नियमावली संशोधनका विषयमा आवश्यक विवरण माग गरेको हो। समितिले गत भदौ ३१ गते पत्र पठाएर ७ दिनभित्र विवरण उपलब्ध गराउन माग गरेको छ। सेबोनले भने गत असोज २ गते नै नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणका लागि आवेदन माग गरिसकेको छ।
नेपालमा दोस्रो स्टक एक्सचेन्जको अनुमति दिने र धितोपत्र दलाल व्यवसायीलाई नयाँ अनुमति दिने गरी नियमावली संशोधन गरेको विषयलाई लिएर नेप्से कर्मचारी संघ र स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालबाट यससम्बन्धी कार्य स्थगित गर्न आवश्यक कारबाही अगाडि बढाई पाउँ भनी अर्थ समितिका सभापतिसमक्ष निवेदन प्राप्त गरेका थिए। सोही निवेदनका सम्बन्धमा अर्थ समितिका सभापतिबाट नेपालमा नयाँ स्टक एक्सचेन्ज ल्याउने विषय सार्वजनिक संस्थान सञ्चालन कसरी गर्ने भन्ने दीर्घकालीन विषयसँग सम्बन्धित रहेको र धितोपत्र दलाल व्यवसायीलाई अनुमति दिनुअगाडि मुद्रा बजार र पुँजी बजारसम्बन्धी समितिको प्रतिवेदन २०७७ अनुसार आवश्यक तयारी पूरा गर्न समितिले निर्देशन दिएका विषय कार्यान्वयन भए नभएको सम्बन्धमा समितिमा गम्भीर रुपमा छलफल गर्नुपर्ने देखिएको पत्रमा उल्लेख छ।
‘तर, तत्काल समितिको बैठक बस्न सक्ने अवस्था नभएकाले यस सम्बन्धमा विस्तृत विवरण सम्बन्धित निकायसँग माग गरी अभिलेख राख्ने साथै समितिको बैठक बस्नसाथ तत्काल छलफल गर्ने व्यवस्था मिलाउने भनी सभापतिबाट तोक आदेश भएकाले यस सम्बन्धमा भएका कामकारबाहीसम्बन्धी विस्तृत विवरण ७ दिनभित्र समितिमा आइपुग्ने गरी उपलब्ध गराई समितिको काम कारबाहीमा सहयोग पुर्याउनु हुन निर्देशानुसार अनुरोध छ’, पत्रमा भनिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19