काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज नेपाल धितोपत्र बोर्ड (सेबोन)मा एकमुष्ठ रुपमा कम्पनीहरुले माग गरेका नयाँ ब्रोकर लाइसेन्सको सिफारिस पठाउने भएको छ।
सेबोनले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो। आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन हो।
धितोपत्र ऐन २०६४ को दफा ५७ को उपदफा २ (ग) को ‘धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने शीर्षकमा’ मा ‘धितोपत्र बजारको सदस्यता लिएरमात्र व्यवसाय गर्न पाउने तोकिएबमोजिमका व्यवसायीका हकमा सम्बन्धित धितोपत्र बजारको सिफारिसपत्र’ भनिएको छ। त्यसैले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेको सिफारिस अनिवार्य छ।
नेप्सेमा हिजो आइतबार कार्यालय समयसम्म ३८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस माग गरेका छन्। ‘हिजो थप ६ वटा कम्पनीले सिफारिस माग गरेका छन्, योसँगै कुल ३८ वटा कम्पनीले सिफारिस मागेका छन्’, नेप्सेका एक अधिकारीले भने, ‘आज फर्स्ट आवरमै ती कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स दिन भनेर एकमुष्ठ सिफारिस पठाउनेछौँ।’
सेबोनका एक उच्च अधिकारीले नेप्सेबाट सिफारिस भई आएका कम्पनीहरुको मापदण्ड पूरा भए नभएको अध्ययन गरेरमात्र नयाँ ब्रोकर लाइसेन्सको आवेदन दर्ता गरिने बताए। ‘धेरै कम्पनीहरुले सेबोनसँग परामर्श लिएरै नेप्सेसँग सिफारिस मागेका छन्, त्यसैले धेरैजसो मापदण्ड पूरा गरेरै आवेदन दिन सक्छन्’, ती अधिकारीले भने, ‘तर, सबै कागजपत्र हेरेरमात्रै सेबोनमा नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दर्ता हुनेछ।’
सेबोनको संशोधित विनियमावलीअनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने तयारी गरिएको छ। जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरिएको छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ।
यी हुन् नेप्सेमा ब्रोकर लाइसेन्सका लागि सिफारिस माग्ने कम्पनीहरु
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago