काठमाण्डौ । नयाँ सारथी लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।

नयाँ साथरी र विजय लघुवित्तबीच सोमबार साँझ मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो। यी दुवै लघुवित्त नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत छन्। 

मर्जरमा जाने प्रारम्भिक सम्झौतासँगै दुवै लघुवित्तले नेप्सेलाई पत्र पठाउँदै आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गर्न आग्रह गरेका छन्। 

नेप्सेले पनि आजबाटै यी दुवै लघुवित्तका आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गर्नेछ।