काठमाण्डौ । पब्लिक कम्पनी बनेसँगै नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।
नर्भिकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो वार्षिक साधारणसभा आगामी पुस २८ गते बुधबारका दिनका लागि आह्वान गरेको हो। सो दिन थापाथलीस्थित बीएलसी होल्डिङको बोर्ड रुममा साधारणसभाका कार्यक्रमहरु सञ्चालन हुने उल्लेख गर्दै नर्भिकले सेयरधनीहरुलाई सहभागिताका लागि आह्वान गरेको छ।
साधारणसभा सो दिन ११ः३० बजेबाट सुरु हुने सूचनामा उल्लेख छ।
पहिलो वार्षिक साधारणसभामा सञ्चालक समितिले तयार गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने अजेन्डा राखिएको छ।
यस्तै सभाका अन्य अजेन्डाहरुमा लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको कम्पनीको वार्षिक तथा आर्थिक विवरणहरुमा छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ दफा १११ अनुसार आर्थिक वर्ष २०७७÷७८ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने तथा सञ्चालक समितिको भत्ता अनुमोदन गर्ने र संस्थापक तथा सञ्चालक समितिले गरेको आवशयक निर्णयहरु अनुमोदन गर्ने रहेका छन्।
नर्भिक अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै सर्वसाधारणका लागिसमेत साधारण सेयरको निष्कासन गर्ने योजनाका साथ अगाडि बढिरहेको देशकै पहिलो अस्पताल पनि हो। अस्पतालले साधारण सेयरहरुको प्राथमिक निष्कासन (आईपीओ) जारी गर्ने अजेन्डासमेत यसअघि सार्वजनिक गरे पनि पहिलो वार्षिक साधारणसभा भएका कारण र कतिपय नियामकीय व्यवस्था प्रक्रियामै रहेका कारण सो अजेन्डा एजीएममा समेटिएको छैन।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19