काठमाण्डौ । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट वैंकले गत विहीबार नवलपुर जिल्लामा थप दुई शाखा संचालनमा ल्याएको छ । 
नवलपुरको गैडाकोट नगरपालिका–५, कांग्रेसचोक र कावासोती नगरपालिका–२,कावासोतीस्थित उक्त शाखाहरुको शुभारम्भ वैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठ र पूर्व संचालक नरेन्द्र रमण त्रिपाठीले गरेका हुन् । 

शुभारम्भ कार्यक्रममा वोल्दै अध्यक्ष श्रेष्ठले पोखरामा केन्द्रीय कार्यालय भई कार्य गर्दै आएको यस वैंकलेगण्डकी प्रदेश स्तरको एक मात्र स्थानीय वैंक हुने उद्देश्यका साथ नवलपुर जिल्लामा शाखाहरु विस्तार गरेको बताए ।

बैंकले निःशुल्क एटिएम डेविट कार्ड, अत्याधुनिक मोवाईल वैंकिङ्ग सुविधा, कनेक्ट आईपिएस, निःशुल्क एविविएम सुविधा, सुनचाँदी धितोमा कर्जा लगायतका विभिन्न वैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमै सञ्चालित उद्यमशीलतासँग सम्वन्धित तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं  आएको वैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले जानकारी दिए । 

वैंकका हाल कास्की, वाग्लुङ्ग, म्याग्दी र नवलपुर जिल्लामा १३ वटा शाखा रहेकोमा निकट भविष्यमा तनहूँका विभिन्न स्थानहरुमा समेत शाखा विस्तार गर्ने योजना राखेको जनाएको छ ।