काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा डोकेको छ। 

कम्पनी सञ्चालक समितिको गत मंसिर २४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित नागरिक लगानी कोष भवनमा अपराह्न ३ः३० बजेबाट सुरु हुनेछ।

सभाले विशेष प्रस्तावका रुपमा राखिने आईपीओ निष्कासनको अजेन्डा अनुमोदन गर्नेछ। नियमनकारी नियकाको स्वीकृतिपश्चात जारी गर्ने गरी कम्पनीको जारी पुँजीको ३० प्रतिशतले हुने १ अर्ब ५० करोड रुपैयाँबराबरको १ करोड ५० लाख कित्ता आईपीओ (सर्वसाधारण समूहभित्र नै वर्गीकरण हुने गरी कर्मचारीलाई छुट्याइएको २ प्रतिशत सेयरसहित) जारी गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। आईपीओ निष्कासनका लागि गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गनेृछ। 

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि अनुमोदन गर्नेछ।