काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्थाले निश्कासन गरेको आइपीओ खरीदका लागि आवेदन दिएका १ लाख ७५ हजार ४ सय १७ आवेदक रित्तो हात भएका छन् । 

यो कम्पनीको आइपीओमा आवेदन दिएकामध्ये गोलाप्रथाबाट ४३ हजार २०० ले १० कित्ताको दरले सेयर पाएका छन् । 

सर्वसाधारणका लागि निश्कासन गरिएको ४ लाख ३२ हजार कित्ता खरीदका लागि २ लाख १९ हजार ९१ ज्नाले आवेदन दिएका थिए । जसमध्ये विविध कारणले ४ सय ७४ आवेदन रद्ध भएका थिए । 

बुधबार बिहान नवील इन्भेष्टमेन्ट बैंकिङले गोलाप्रथाको माध्यमबाट आइपीओ प्राप्त गर्नेहरुको छनौट गरेको हो । 

यो कम्पनीले सर्वसाधारणका लागि मात्रै ४ करोड ३२ लाख बराबरको आवेदन परेको थियो । यो बाहेक बाँकी ४८ हजार कित्ता सेयर कर्मचारी र म्युचुअल फण्डका लागि सुरक्षित गरिएको थियो । 

कम्पनीको आइपीओमा झण्डै एकअर्ब बराबरको आवेदन परेको थियो । जुन मागभन्दा २३ गुणाले बढी हो । 

असार १० गतेदेखि निश्कासन गरिएको आइपीओको बाँडफाँडसँगै नाडेपको चुक्तापूँजी १६ करोड रुपैयाँ पुगेको छ । यसअघि ११ करोड २० लाख रुपैयाँ रहेको थियो ।