काठमाण्डौ । धादिङको गजुरीमा मुख्य कार्यालय भई १८ जिल्लामा शाखा सञ्जाल भएको नाडेप लघुवित्त बित्तीय संस्थालाई धितोपत्र बोर्डले ४ लाख ८० हजार कित्ता आइपीओ निश्कासनको अनुमति दिएको छ ।
बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित मूल्यका कुल ४ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासनका लागि बिहीबार(जेठ ३ गते) अनुमति दिएको हो ।
अनुमति पाएसँगै अब केही दिनभित्रै यो संस्थाको आइपीओ निश्कासन हुनेछ ।
आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले गर्नेछ ।
नाडेपको हाल चुक्तापूँजी ११ करोड २० लाख रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्तापूँजी बढेर १६ करोडको उचाईमा पुग्नेछ ।
कम्पनीमा ७० प्रतिशत सेयर हिस्सा संस्थापकहरुको छ । सर्वसाधारणका लागि छुट्याइएको ३० प्रतिशत सेयर आइपीओको रुपमा बिक्री गर्न लागिएको हो ।
हाल यो लघुवित्तले धादिङ, झापा, मोरङ, सुनसरी, खोटाङ, ओखलढुंगा, भोजपुर, मकवानपुर, बारा, ललितपुर, काठमाण्डौ, भक्तपुर, रसुवा, नुवाकोट, सल्यान, रुकुम, रोल्पा र जाजरकोटका विभिन्न ग्रामीण तथा विकट क्षेत्रमा सेवा बिस्तार गरेको छ ।
इक्रा नेपालले नाडेपले जारी गर्न लागेको साधारण सेयरको आइपीओलाई ग्रेड फोर प्लसको ग्रेडिङ प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको बित्तीय अवस्था औसतभन्दा तल भन्ने हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago