काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ।
यो बैंकले गत माघ १३ गतेबाट १ः१ अनुपातमा हकप्रद निष्कासन गरेको थियो। बैंकले १०० रुपैयाँ अंकित दरका ६ कराड ५६ लाख १६ हजार ९०० रुपैयाँबराबरको कुल ६ लाख ५६ हजार १६९ कित्ता सेयर निष्कासन गरेको छ।
हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।
सेयरधनीहरुले काठमाण्डौको जनमलस्थित ग्लोब आईएमई क्यापिटलको कार्यालय, नारायणी डेभलपमेन्ट बैंकको रजिस्टर्ड कार्यालय वा चितवनका वकुलहर, टाँडी, बीपीकेएम, क्यान्स हस्पिटल र भतरपुर हस्टिल कम्पाउन्डमा रहेका शाखाहरुमा गएर आवेदन दिन सक्नेछन्।
हकप्रदको निष्कासन बन्द आगामी फागुन ३ गते बैंकिङ समयपछि हुनेछ। यो हकप्रद बिक्रीपछि बैंकको चुक्तापुँजी १३ करोड १२ लाख रुपैयाँ पुग्नेछ।
हकप्रद र १९ औँ वार्षिक साधारणसभा प्रयोजना बैंकले गत पुस २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसको मतलब पुस २८ गतेसम्म कायम सेयरधनीहरुमात्र यो बैंकको हकप्रदमा आवेदन दिन पाउनेछन्।
नेपाल धितोपत्र बोर्डले गत पुस २० गते यो बैंकलाई हकप्रद निष्कासनको अनुमति दिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago