काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत(सीईओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् ।

कम्पनीले उनले दिएको राजीनामा माघ १गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।

साथै कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि यसअघि नायव महाप्रवन्धकको रुपमा कार्यरत रहेका सूर्यबहादुर तामाङलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको छ ।

खतिवडा ३ वर्षअघि खुला प्रतिस्पर्धाबाट सीईओमा नियुक्त भएका थिए ।