काठमाण्डौ । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमफ) ले नेपालको घरेलु आर्थिक बृद्धिदरमा संशोधन गरेको छ ।

आईएमएफले बुधवार नेपाललाई उपलब्ध गराएको क्रेडिट फेसिलिटीको तेस्रो समीक्षा गर्दै सार्वजनिक गरेको प्रतिबेदनमा नेपालको आर्थिकबृद्धि दरलाई संशोधन गरेको हो । आईएमएफले आर्थिक वर्ष २०२३/२४ मा नेपालको आर्थिक बृद्धिदर ३.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो । साथै उसले यो नेपालका लागि सम्भाब्ताभन्दा कम रहेको पनि बताएको छ ।

आईएमफले नोभेम्बर २०२३ मा नेपालमा गएको भूकम्पका बाबजुद पनि आर्थिक बृद्धिदर सुधारोन्मुख हुनु सुखद रहेको उल्लेख गरेको छ ।

नेपालमा हालैका दिनमा मुद्रास्फीति घटिरहेको तर उच्च रहने सम्भाबना भने कायमै रहेको उल्लेख गर्दै उसले वित्तीय क्षेत्रले कर्जा संकुचनको सामना गरिरहनु परिरहेको बताएको  छ।

यसैगरी, उसले नियामक र सुपरिवेक्षण अभ्यासहरूलाई थप दिगो र प्रो-ग्रोथ क्रेडिट बृद्धिमा आवश्यक संक्रमणलाई सहज बनाउने कार्यका लागि निरन्तरता दिन आवश्यक रहेको पनि उल्लेख गरेको छ ।

यी सबै प्रयासहरु पोस्ट-प्यान्डेमिक रिबाउन्ड तथा क्रेडिट बूमले उत्प्रेरित गर्दा सम्भब भएको जनाइएको छ ।

नेपालमा कम घरेलु मागले बाह्य दबाब समाधान गर्न मद्दत गर्दा सरकारी राजस्व घटाउन मद्दत पुगेको र खर्च अनुशासन कायमै रहेको पनि उसले बताएको छ।