काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आफ्नो ६३ औँ वार्षिक साधारणसभा डाकेको छ।
बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा बिहान ११ बजेबाट हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९को वितरणयोग्य मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१.३० रुपैयाँको कुल १२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (लाभांश करसहित) छन्।
सभाले प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सोहीबमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19