काठमाण्डौ । नेपाल टेलिकमको नगद लाभांश आज (पुस २९ गते)बाट सेयरधनीको बैंक खातामा पठाइने भएको छ। 

कम्पनीको हिजो पुस २८ गते सम्पन्न १५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश अनुमोदन गरेको थियो। सोही नगद लाभांश आजबाट सेयरधनीहरुको बैंक खातामा पठाइने लाभांश वितरक एनएमबि बैंकले जनाएको छ। 

एनएमबि बैंकको सहायक कम्पनी एनएमबि क्यापिटलमार्फत सेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा रकम जम्मा गर्ने व्यवस्था गरिएको छ। 

वार्षिक साधारणसभा प्रयोजनाका लागि तोकिएको बुक क्लोजको मिति अगावै कायम सेयरधनीहरुले मात्रै नगद लाभांशबापतको रकम पाउनेछन्।