काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड( एनसीएचएल ) कोे अध्यक्षमा रामु पौडेल चयन भएका छन् ।

कम्पनीको  २३० औं सञ्चालक समितिको बैठकले  पौडेललाई सर्व-सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो ।

मंगलबार आयोजित औपचारिक कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसमक्ष पद तथा गोपनियतको शपथ ग्रहण गरेका छन् ।उनमा केन्द्रीय बैंकको विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।  

नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात कम्पनीमा रहेको प्रतिनिधित्व समेत परिवर्तन भएको हो ।कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधित्व  छ।

उक्त कम्पनी नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रबर्द्धित कम्पनी हो ।