काठमाण्डौ । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को प्रस्तावित लाभांश पारित गरेको छ । 

कम्पनीको ३०औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०.५५ प्रतिशत लाभांश पारित गरेको छ । जसअनुसार कम्पनीले ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश (करप्रयोजनसहति)  सहित १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

साथै, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, सोही वर्षको लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । 
त्यसैगरी, सोही सभाले आव २०७९/८० वार्षिक आर्थिक विवरण, २०७९/८० को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु पनि पारित गरेको छ  ।

सभाले कम्पनीको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ङ लि’ को आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । 

साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।