काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले कम्पनीको चुक्तापूँजीको ४.२१०५ प्रतिशत नगद लाभांस लगायत अन्य नियमित प्रस्तावहरु पारित गरेको छ ।

सो अवसरमा कम्पनीका सञ्चालक समितिका सदस्यहरु श्रीकृष्ण नेपाल, रत्न राजबज्राचार्य, शंकर प्रसाद अधिकारी, लिमा अधिकारी आचार्य र प्रवीण सुवेदीको उपस्थिथि थियो ।

 साथै, उक्त सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडालगायत कम्पनकिा उच्चतहका अधिकृतहरुको समेत उपस्थिति थियो । 
सभापतिको आसनबाट बोल्दै कम्पनीको सञ्चालक समितिका अध्यक्ष अनुज
अग्रवालले बैंकले समिक्षाअवधिसम्म हासिल गरेका उपलब्धिहरु, चालू आर्थिक वर्षको लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीति बारे सेयरधनीलाई जानकारी गराएका थिए ।

साथै सभाले प्रवीण सुवेदीको सञ्चालक पदमा भएको नियुक्तिलाई अनुमोदन गर्नुका साथै सरकारबाट मनोनित एक जना सञ्चालक बाहेक संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने अन्य तीन जना सञ्चालकहरु अनुजअग्रवाल (प्रतिनिधि विशाल ग्रूप लि), रत्न राजबज्राचार्य (प्रतिनिधि ग्लोबल आइएमई बैंक लि) र लालमणि जोशी (प्रतिनिधि इमर्जिङ्ग नेपाल लि) लाई आगामी चार वर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित  गरेको छ ।

साथै, साधारण सभालगत्तै बसेको बैंक सञ्चालक समितिको बैठकले बैंक सञ्चालक समितिको अध्यक्षमा अनुज अग्रवाललाई सर्वसम्मत चयन गरेको छ ।