काठमाण्डौ । नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड(नेप्स) को १० औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

सभाले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न पेश गरको प्रस्ताव स्वीकृत गर्नुका साथै सो सम्बन्धि आवश्यक अन्य प्रक्रियाहरु अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले वार्षिक प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पनि  पारित गरेको छ । साथै सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

यसैगरी,सभाले  चुक्तापूँजीको २० प्रतिशत बोनश सेयर र कर प्रयोजनको निम्ति १.०५३ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।