काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार थप ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गरेको छ। 

एलिट स्टक हाउस लिमिटेड, इन्डेक्स सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनी वर्ल्ड सेयर एक्सचेन्ज र कलश सेक्युरिटिज कारोबार सदस्यता प्रदान गरेको हो। नेप्सेले यी कम्पनीलाई क्रमशः ब्रोकर नं. ६८, ६९, ७०, ७१, ७२, ७३ र ७४ प्रदान गरेको छ। 

योसँगै कारोबार सदस्यता पाउने नयाँ ब्रोकरको संख्या १४ पुगेको छ। यसअघि नयाँ ७ वटा ब्रोकरले नेप्सेबाट कारोबार सदस्यता पाएका थिए। 

पहिलो चरणमा कारोबार सदस्यता पाएका ७ वटा ब्रोकर कम्पनीले कारोबार सञ्चालन गरिसकेका छन्। 

नेप्सेमा अझै ३ वटा कम्पनी कारोबार सदस्यता अनुमतिको पर्खाइमा छन्।