काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार एक विकास बैंकसहित तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ।

नेप्सेले गत आर्थिक वर्षका लागि घोषणा गरिएको बोनस सेयरका लागि ती कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको छ। नेप्सले सप्तकोशी डेभलपमेन्ट बैंक, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो।

समायोजित मूल्यअनुसार सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य प्रतिकित्ता १०८ रुपैयाँ कायम भएको छ। यो बैंकले गत वर्षका लागि ६ प्रतिशत बोनस सेयर उपलब्ध गराएको छ। 

त्यस्तै सामुदायिक लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १ हजार ५१२ रुपैयाँ कायम भएको छ। यो संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर दिएको छ। 

उता हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ३२२ रुपैयाँ कायम भएको छ। यो कम्पनीले सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो। 
अब यी तीन कम्पनीको कोरोबार समायोजित सेयरमूल्यअनुसार नै खुल्नेछ।