काठमाण्डौ । नेसनल लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर भोलि बुधबारबाट कारोबारमा आउने भएको छ।
मर्जर प्रक्रिया पूरा गरी यी दुवै लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने भएको छ। यी दुवै लघुवित्तको मर्जरपछि कायम सेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ।
नेसनल र समिट लघुवित्त १ः०.७३ सेयर स्वाप रेसियोमा मर्ज भएका छन्। मर्जरपछि कुल १ करोड ८ लाख ४२ हजार ६३ कित्ता सेयर नेसनल लघुवित्तको नाममा सूचीकृत भएको छ।
नेसनल लघुवित्तलाई नेप्सेले प्रतिकित्ता १२१५.२९ ओपनिङ रेन्ज तोकेको छ। यही मूल्यबाट यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।
यसैगरी धौलागिरी र खप्तड लघुवित्तबीच १ः०.७५ सेयर स्वाप रेसियोमा मर्ज भएका छन्। मर्जरपछि धौलागिरी लघुवित्तको नाममा कुल ३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
यो लघुवित्तलाई नेप्सेले प्रतिकित्ता ७६८.६१ ओपनिङ रेन्ज तोकेको छ। यही मूल्यबाट धौलागिरी लघुवित्तको सेयर कारोबार खुल्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19