काठमाण्डौ । न्याग्दी ग्रुप पावर लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ ।
बोनस सेयरको बिषयमा निर्णय गर्न बसेको सोही बैठकले ३० प्रतिशत हकप्रद सेयर बिक्रीको निर्णय समेत गरेको छ ।
यो कम्पनीको भदौ १२ गते बसेको बोर्ड बैठकले बोनस सेयर, नगद लाभांश र हकप्रदको निर्णय गरेको हो ।
यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।
गत वर्ष यो कम्पनीले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यो पावर कम्पनी लिमीटेडको प्रोमोटर सिलुरी हाइडोपावर कम्पनीले लमजुंगको न्यादी नदीमा ४०.२७ मेगावाटको सुपर न्यादी हाइडोपावर प्रोजेक्ट निर्माण गर्न गइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago