काठमाण्डौ । हालै आईपीओ बिक्री गरी दोस्रो बजारमा प्रवेश गरेको न्यादी हाइड्रोपावर लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा डोकेको छ। 

कम्पनी सञ्चालक समितिको गत मंसिर २२ गते बसेको बैठकले वार्षिक साधारणसभा आगामी पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बानेश्वरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले विशेष प्रस्ताव गरेका रुपमा राख्ने नियमावलीको नियम ८(२) र ८(३) संशोधन गर्ने अजेन्डा अनुमोदन गर्नेछ। 

सभाले सञ्चालक समितिका तर्फबाट राखिने वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण छलफल गरी अनुमोदन गर्नेछ। 

सोही सभाले लेखापरीक्षण समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।