काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले सर्वसाधारण सेयरधनीका तर्फ सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महिला सञ्चालकसहित दुईजनाको निर्वाचन गर्नेछ।
सभामा गत आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गरिनेछ।
सोही सभाले लेखापरीक्षण समितिको सिफारिसअनुसार चालु आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago