काठमाण्डौ । औद्योगिक घराना पञ्चकन्या समूहद्वारा प्रवद्र्धित पञ्चकन्या माई हाइड्रो पावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने अनुमति पाएको छ ।
यो कम्पनीलाई धितोपत्र बोर्डले असार ८ गते सर्वसाधारणका लागि ११ करोड मूल्य बराबरको ११ लाख कित्ता आइपीओ निश्कासनको अनुमति दिएको हो । कम्पनीले जेठ ७ गते आइपीओ निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीले गत माघमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि समेत ११ करोड मूल्यकै आइपीओ निश्कासन गरेको थियो । त्यसपछि सोही मूल्य बराबरको आइपीओ सर्वसाधारणका लागि समेत निश्कासन गर्न लागेको हो ।
यो जलविद्युत कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल पूँजीको १० प्रतिशतको दरले आइपीओ निश्कासन गरेको थियो । त्यसपछि सर्वसाधारणका लागि समेत १० प्रतिशत सेयरकै सार्वजनिक निश्कासन गर्नेछ ।
यो कम्पनीले इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट ९.९८ मेगावाट बिद्युत उत्पादन गरिसकेको छ ।
हालै यो आयोजनालाई १२ मेगावाटमा क्षमता बृद्धि गरिएको छ । साथै ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी(क्यास्केड) जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
आइपीओका लागि कम्पनीले सनराइज क्यापिटल लिमीटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।
कम्पनीले १८.१ मेगावाट क्षमताको आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ४० लाख रुपैयाँ रहेको छ। इक्रा नेपालले कम्पनीलाई आइपिओ ग्रेड ४ को रेटिङ दिएको छ, यसको अर्थ औसत भन्दा कमजोर आधार रहेको कम्पनी भन्ने बुझिन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago