काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रणालीमा जोडिएर आज बिहीबारबाट नयाँ ७ ब्रोकर कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरेका छन्।
आज नयाँ ब्रोकर कम्पनीबाट सेयर खरिदमात्रै भएको छ। जसअनुसार भोेले गणेश सेक्युरिटिज (स्टक ब्रोकर नं. ६१)बाट अपी पावरको १० कित्ता सेयर खरिद भएको छ भने क्यापिटल म्याक्स सेक्युरिटिज (स्टक ब्रोकर नं.६२)बाट नेपाल एसबीआई बैंकको १० कित्ता सेयर किनिएको छ।
यसैगरी हिमालयन ब्रोकरेज (स्टक ब्रोकर नं. ६३)बाट हिमालयन लाइफ इन्स्योरेन्सको १० कित्ता सेयर र सन सेक्युरिटिज (स्टक ब्रोकर नं. ६४)बाट शुभम पावरको २० कित्ता सेयर खरिद भएको छ।
सेयरप्रो सेक्युरिटिज (स्टक ब्रोकर नं. ६५)बाट सोल्टी होटेलको १०० कित्ता र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० कित्ता सेयर खरिद भएको छ।
यस्तै मियो सेक्युरिटिज (स्टक ब्रोकर नं. ६६)बाट पनि स्ट्यान्डर्ड चार्टर्ड बैंककै २० कित्ता सेयर र प्रोपर्टी विजार्ड (स्टक ब्रोकर नं. ६७)बाट एसियन लाइफ इन्स्योरेन्सको २० कित्ता सेयर खरिद भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19