काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण सार्वजनिक गर्ने म्याद थप गरेको छ ।

केन्द्रीय बैंकका अनुसार अब बैंक तथा वित्तीय संस्थाले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेछन् ।

बैंक तथा वित्तीय संस्थाहरुले त्रैमास सकिएको सात दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यबस्था भएपनि यसपाली दसैँको बिदा परेकाले समय थप गरेको राष्ट्र बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंकले यस अगाडि ‘क’ ‘ख’ ’ग’ वर्गका लागि जारी गरेको एकीकृत निर्देशनमा त्रैमासिक अवधि सकिएको सात दिनभित्रमा वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यबस्था थियो। 

राष्ट्र बैंक स्रोतका अनुसार अब बैंक तथा वित्तीय संस्थाले कात्तिक १७ गतेसम्म पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गर्न सक्नेछन् ।