काठमाण्डौ । केही दिनअघि नगद लाभांश वितरणको घोषणा गरेको पाँचथर पावर कम्पनी लिमीटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारणसभा आगामी पुस १८ गते काठमाण्डौको बत्तीसपुतलीस्थित होटल इम्पेरियममा आह्वान गर्ने निर्णय गरेको हो । 

सो दिन बिहान ११ बजेका लागि साधारणसभा आह्वान गरिएको छ । 

साधारणसभाले चुक्तापूँजीको ७ प्रतिशत(करसहित) नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावउपर छलफल गरी पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि पुस ७ गते एकदिनका लागि बुक क्लोज गरिने बताइएको छ । यसको अर्थ पुस ६ गतेसम्म कायम कम्पनीका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन, साधारणसभामा सहभागी हुन पाउनेछन् ।