काठमाण्डौ । सर्वोत्तम सिमेन्टले उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले आगामी पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन  गर्ने भएको हो ।

कम्पनीले  खानी उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ ,रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६ तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३ ,मायागढी गाउँपालिकाको वडा नं ७ र ८  र निस्वी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीयका लागि ९ लाख ३० हजार कित्ता र बाँकी रहेको २७ लाख ७० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् २ लाख ६७ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो । 

बुक बिल्डिंग विधिबाट निष्कासन गर्न लागिएको सेयरको मूल्य पूतिकित्ता  ३६०.९० रुपैयाँ निर्धारण गरिएको छ।

लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन चाडोमा माघ १० गते र ढिलोमा माघ २५ गते बन्द हुनेछ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने माघ १० गते बन्द हुनेछ । 

कम्पनीले पहिलो चरण अन्तर्गत योग्य संस्थागत लगानीकर्ताका लागि सेयर जारी गरिसकेको छ ।