काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ। 

मन्त्रिपरिषदको आज बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको हो। यसका लागि सरकारले नेपाल आयल निगमलाई निर्देशन दिएको छ। निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

निगमले प्रतिलिटर पेट्रोलमा २, डिजेल र मट्टीतेलमा प्रतिलिटर ६–६ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो। सरकारको निर्देशनपछि अब निगमले एक सूचना जारी गर्दै पुरानै मूल्य निर्धारण गर्नेछ। 

मूल्यवृद्धिअघि ग्यासको मूल्य प्रतिसिलिन्डर १९९५ रुपैयाँ थियो। 

मूल्यवृद्धि फिर्तापछि पेट्रोलको मूल्य पहिलो वर्ग ९चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज डिपोबाट बिक्री हुने ठाउँ० मा प्रतिलिटिर १८०.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १८२ रुपैयाँ र काठमाण्डौ, पोखरा र दिपायलमा १८३ रुपैयाँ नै कायम हुनेछ। 

त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७०.५, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ प्रतिलिटर कायम हुनेछ। 

निगमले हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो। सरकारको निर्णयसँगै अब आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ नै कायम हुने भएको छ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने जनाएको छ ।