काठमाण्डौ । नेपालमा अब पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिने भएको छ।
नेपाल आयल निगमले ठूलो घाटा व्यहोर्नुपरेको भन्दै पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्न लागिएको हो।
अर्थ मन्त्रालय मंगलबार यस विषयमा छलफल भएको थियो। छलफलमा अर्थमन्त्री जनार्दन शर्मा, श्रममन्त्री किसान श्रेष्ठ, योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव डा. गणेश पाण्डेलगायतको सहभागिता थियो।
छलफलले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने निर्णय गरेको छ। जसअनुसार अब आयल निगमको सञ्चालक समितिले निर्णय गरेर एक महिनाभित्रै पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिनेछ।
स्वचालित मूल्य लागू गरिएमा पेट्रोलियम पदार्थहरुको मूल्य ह्वात्तै बढ्नेछ। मूल्य स्वचालित भएमा पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ५३२ रुपैयाँसम्म पुग्न सक्नेछ।
त्यस्तै प्रतिलिटर डिजेलको १७१ रुपैयाँ र मट्टीतेलको १३६ रुपैयाँ पुग्नेछ।
अहिले पेट्रोलको मूल्य प्रतिलिटर १८२.९८ रुपैयाँ, डिेजेलको १७१ रुपैयाँ र मट्टितेलको १३६.३१ रुपैयाँ र डिजेलको १७१ रुपैयाँ लागत रहेको छ। यो मूल्यमा सहुलियत दिँदै निगमले पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दै आएको छ।
यसरी महँगोमा खरिद गरेर सस्तोमा बिक्री गर्नुपर्दा ठूलो घाटा व्यहोर्नुपरेको भन्दै निगमले स्वचालित मूल्य प्रणाली लागू गर्न लागेको हो। ‘अब भारतबाट पेट्रोलियम पदार्थ खरिद गरेर नेपालसम्म ल्याउँदा जति लागत लाग्छ, त्यही मूल्य निर्धारण हुन्छ’, निगमका एक अधिकारीले बताए।
यसैगरी मंगलबार राति १२ बजेदेखि लागू हुने गरेर निगमले फेरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँको दरले बढाएको हो। योसँगै अब प्रतिलिटर पेट्रोलको मूल्य १६० रुपैयाँ तथा डिजल र मट्टीतेलको मूल्य १४३ रुपैयाँ पुगेको छ।
निगमले खाना पकाउने ग्यासको मूल्यसमेत बढाएको छ। यसअघि प्रतिसिलिन्डर १ हजार ५७५ रुपैयाँ रहेको ग्यासको मूल्य बढेर १ हजार ६०० रुपैयाँ पुगेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19