काठमाण्डौ । पेट्रोलियम पदार्थको भाउ अचाक्ली बढाउँदा पनि नेपाल आयल निगम घाटामै रहने देखिन्छ।
अयाल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ। जसअनुसार निगमले प्रतिलिटर पेट्रोलमा २१ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा २७ रुपैयाँ बढाएको छ। योसँगै अब प्रतिलिटर पेट्रोल १९९ रुपैयाँ र डिजेल तथा मट्टीतेल १९२ रुपैयाँ पुगेको छ।
यसैगरी निगमले हवाई इन्धनमा आन्तरिकतर्फ १९ रुपैयाँ वृद्धि गरी १८५ रुपैयाँ र बाह्यतर्फ १०० डलर बढाएर १ हजार ६४५ डलर पुर्याइएको छ।
यसरी अचाक्ली मूल्यवृद्धि गर्दा पनि प्रतिलिटर पेट्रोलमा १३.५८ रुपैयाँ, डिजेलमा १३.९५ रुपैयाँ र एलपी ग्यासमा ७५१ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। एलपी ग्यासमा भने यसपालि मूल्यवृद्धि गरिएको छ।
निगमका अनुसार अब पाक्षिक रुप (१५ दिन) मा निगमलाई पेट्रोलमा ४१ करोड २६ लाख रुपैयाँ, डिजेलमा १ अर्ब ९ करोड ४१ लाख रुपैयाँ र एलपी ग्यासमा १ अर्ब १३ करोड ९७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।
पाक्षिक रुपमा मट्टीतेलबाट भने निगमलाई ३ करोड ६६ लाख रुपैयाँ, हवाई इन्धन (आन्तरिक) बाट ३ करोड ३२ लाख रुपैयाँ र हवाई इन्धिन (बाह्य) बाट २२ करोड ६३ लाख रुपैयाँ नाफा हुने अनुमान गरिएको छ।
समग्रमा निगमलाई पाक्षिक रुपमा २ अर्ब ३५ करोड ४ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19