काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित प्रभु बैंक र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस १८ गते आआफ्नो वार्षिक साधारणसभा आयोजना गर्दैछन्।
प्रभु बैंकको २० औँ वार्षिक साधारणसभा काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १२.६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश रहेका छन्।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति वा खरिद गर्नेसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
सभामा गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गरिनेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले गत पुस ४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसको मतलब पुस १ गते (पुस २ गते शुक्रबार र पुस ३ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
यसैगरी साना किसान विकास लघुवित्तको २० औँ वार्षिक साधारणसभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल २६.३१५७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५७ प्रतिशत नगद लाभांश छन्।
बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी बढ्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको आर्थिक, वार्षिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले गत पुस ५ गतेबाट पुस १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउने र सभामा भाग लिन योग्य भएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19