– रेखा चन्द
काठमाण्डौ । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार आगामी पुस अन्तिम साता हुने सम्भावना देखिएको छ।
मर्जर प्रक्रियामा रहेका यी दुई बैंकले नेपाल राष्ट्र बैंकले दिने छुट सुविधालाई मध्यनजर गर्दै पुस अन्तिम साता एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन्। दुुवै बैंकले हालसम्म साधारणसभाको मिति तय गरेका छैनन्। तर, यही साता साधारणसभाको मिति तय गर्ने तयारीमा मर्जरमा रहेको यी दुुवै बैंक छन्। ‘दुुवै बैंकले मर्जरकै काम गरिरहेका छन्। हालसम्म एकीकृत कारोबारको मिति टुुंगो लागिसकेको छैन तर भइरहेको कामका आधारमा पुुस अन्तिम साता प्रभुु र सेन्चुुरीको एकीकृत कारोबार हुने सम्भावना देखिन्छ’, सेन्चुरी बैंकका एक उच्च अधिकारीले भने।
ती अधिकारीका अनुुसार दुवै बैंकको गत वर्षको वित्तीय विवरण स्वीकृत भइसकेको छ। राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेसँगै प्रभुु र सेन्चुुरीले गत वर्षको नाफाबाट लाभांश पनि घोषणा गरिसकेका छन्। ‘यही साता साधारणसभाको सूूचना जारी हुन सक्छ’, ती अधिकारीले भने।
साधारणसभाले मर्जर प्रस्ताव पारित गरेपश्चात एकीकृत कारोबारका लागि बैंकहरुको राष्ट्र बैंक जानेछन्। राष्ट्र बैंकबाट एकीकृत कारोबारको अन्तिम स्वीकृति पाएपछि दुुवै बैंकले एकीकृत कारोबार गर्नेछन्।
प्रभुले गत वर्षको नाफाबाट लगानीकर्ताका लागि कुल ८ प्रतिशत लाभांश वितरण गर्न लागेको छ भने सेन्चुरीले ५ प्रतिशत लाभांश दिने जनाएको छ।
गत साउन १५ गते यी दुुई बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। मर्जरपश्चात प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ।
हाल प्रभु बैंकको चुक्तापुँजी १२ अर्ब ७० करोड रुपैयाँ र सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। मर्जरपछि प्रभुको चुक्तापुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago