काठमाण्डौ । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ।

कम्पनीको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । 

साथै, सो बैठकले वासलात, गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु पनि स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने निर्णय पनि गरेको छ ।

राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि कम्पनीले आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराउने छ ।

कम्पनीले आव २०७७/७८ मा १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।